प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
कोशी प्रदेश, विराटनगर

कोशी प्रदेशको संक्षिप्त परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तर तर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र बाग्मती प्रदेश पर्दछन् । यो प्रदेश २६ डिग्री २२ मिनेट देखि २८ डिग्री ६ मिनेट उत्तरी अक्षांशसम्म र ८६ डिग्री ९ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशी लगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मुस्लिम, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । विश्वकै सर्वाेच्च शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु आदि हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ । यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् ।

सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृङ्खला लगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत सम्वृद्ध छ । असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सूदुरपूर्वमा रहेको यस प्रदेशमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तै: ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेव लगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् । यी स्थलहरूमा स्वदेशी तथा विदेशी तिर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी हजारौँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ ।

यस प...

सचिवज्यूहरु

बिष्णु प्रसाद पौडेल
बिष्णु प्रसाद पौडेल

प्रदेश सचिव

शासकीय सुधार महाशाखा

बद्री कुमार कार्की
बद्री कुमार कार्की

प्रदेश सचिव

प्रशासन महाशाखा

मिति सम्झौता नं. सूचना डाउनलोड
१८ मंसिर २०८०, सोमवार आसयको सूचना
१२ आश्विन २०८०, शुक्रवार Invitation for Bids for the Procurement of Stationary and Office Goods

प्रवक्ता | सूचना अधिकारी | गुनासो सुन्ने अधिकारी

बिष्णु प्रसाद पौडेल
बिष्णु प्रसाद पौडेल प्रवक्ता info.ocmcm@p1.gov.np
अम्बिका प्रसाद चौलागाईँ
अम्बिका प्रसाद चौलागाईँ गुनासो सुन्ने अधिकारी ambikachaulagai10@gmail.com 9852068009
दिनेश ढुङ्गाना
दिनेश ढुङ्गाना सूचना अधिकारी info.ocmcm@p1.gov.np 9852068003

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.