प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
कोशी प्रदेश, विराटनगर
डा. दिपक काफ्ले

डा. दिपक काफ्ले (प्रमुख सचिव)

डा. दिपक काफ्ले नेपालको कोशी प्रदेशको दशौं प्रमुख सचिवको जिम्मेवारीमा २०७९।१२।२० (3 April 2023) देखि कार्यरत हुनुहुन्छ । २०७९।०४।१९ मा नेपाल सरकारको सचिव पदमा पदोन्नती भएसंगै सुरुमा लुम्बिनी प्रदेश तथा हाल कोशीको प्रमुख सचिवको भूमिकामा रहनु हुने उहाँको वैयक्तिक तथा पेशागत विवरण निम्न अनुसार रहेको छ ।

अध्ययन, अनुसन्धान:
•    कक्षा १-३ : श्री मूर्तिमहेश्वर प्रा.वि. कोलचौर, धनकुटा
•    कक्षा ४-७  :  श्री राम नि.मा.वि. गणेशटार, धनकुटा
•    कक्षा ८  :  श्री जनता मा.वि. जितपुर, धनकुटा
•    कक्षा ९-१० सहित SLC उतीर्ण  :  श्री मादी मा.वि., मादी, संखुवासभामा
•    आइ.एड./वि.एड. (गणित, अर्थशास्त्र) :  त्रिभुवन विश्व विद्यालय अन्तरगत धनकुटा बहुमुखी क्याम्पस, धनकुटा
•    एम.एड./एम.पि.ए. (गणित, जनप्रशासन तथा व्यवस्थापन) :  श्री त्रिभुवन विश्व विद्यालय
•    एक वर्षे वि.एड. (शैक्षिक प्रशासन तथा व्यवस्थापन) :  श्री पूर्वाञ्चल विश्व विद्यालय
•    विद्यावारिधि (पि.एच.डि.) (गणितशास्त्र)  : श्री नेपाल संस्कृत विश्व विद्यालय

कार्य अनुभव:
• २०४९ भाद्र देखि २०५२ माघ सम्म धनकुटा जिल्लाका ४ वटा सरकारी विद्यालयमा शिक्षण पेशामा आवद्ध रहेर गणित शिक्षा विकासमा कार्य गरेको ।
• २०५२ फगुन देखि २०५५ असार सम्म विद्यालय निरीक्षक (अस्थायी), ओखलढुङ्गा जिल्लामा सेवारत रहेर शिक्षा सुधारका लागि विद्यालय अनुगमन गरेको।
• २०५५ श्रवाण देखि २०५६ असार सम्म नायव सुब्बा- चितवन जिल्लामा सेवारत रहेर कार्यालयगत अभिलेख व्यवस्थापनमा सहयोग गरेको ।
• २०५६ श्रावण देखि २०६३ असार सम्म शिक्षा सेवामा अधिकृत (रा.प. तृतीय) को जिम्मेवारीमा ३ वटा जिल्ला (जाजरकोट, ईलाम, धनकुटा) मा सेवारत रहि        शैक्षिका योजना तथा व्यवस्थापन सम्बन्धी कार्य गरेको।
•२०६३ श्रावण देखि २०६९ फागुनसम्म ६ वटा जिल्ला (भोजपुर, सुनसरी, तेह्राथुम, झापा, रामेछाप, भक्तपुर) मा जिल्ला शिक्षा अधिकारी (रा.प. द्वितीय) मा सेवारत      रहि शैक्षिक प्रशासन तथा व्यवस्थापन सम्बन्धी कार्य गरेको।
•२०६९ चैत्र देखि २०७९ असारसम्म सहसचिव (रा.प.प्रथम) को जिम्मेवारीमा निम्न निकायमा सेवारत रहेको।
• सह क्षेत्रीय प्रशासक- पूर्वाञ्चल धनकुटा- क्षेत्रीय सुरक्षा समन्वय र विपद व्यवस्थापन सम्बन्धी कार्य गरेको ।
• प्रमुख जिल्ला अधिकारी (CDO) ५ जिल्ला- डोटी, महोत्तरी, धादिङ, दाङ र ललितपुर जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरेको।
• सह सचिव (प्रवक्ता), सुरक्षा समन्वय महाशाखा प्रमुख, गृह मन्त्रालयको जिम्मेवारीमा स्थानीय चुनावमा सुरक्षा समन्वय गरेको।
• महानिर्देशक- अध्यागमन विभागमा अध्यागमन सुधारको रणनीतिक योजना कार्यान्वयन गरेको।
• महानिर्देशक- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण व्यवस्थापन गरेको।
• महानिर्देशक- भूमिव्यवस्था तथा अभिलेख विभागमा भूमि अभिलेख प्रणाली सुधार गरेको।
• प्रदेश सचिव- सामाजिक विकास मन्त्रालय, वाग्मती प्रदेशमा कोभिड १९ को महामारीमा स्वास्थ्य व्यवस्था र सामाजिक सुरक्षा व्यवस्थान गरेको।
• महानिर्देशक- वैदेशिक रोजगार विभागमा सेवा प्रवाहमा सुधार गरेको।
• सहसचिव, प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता र श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आन्तरिक      प्रशासन तथा व्यवस्थापन, श्रम सम्बन्ध र सामाजिक सुरक्षा सुदृढीकरण गरेको।

वैयक्तिक विवरण:
• जन्म मिति- २०२९।०२।१३ (26 may 1972)
• जन्म स्थान- महालक्ष्मी न.पा. ९ (मूर्तिढुङ्गा, कोलचौर), धनकुटा
• हालको बसोवास- महालक्ष्मी न. पा. १ (इमाडोल), ललितपुर
• बुवाको नाम- रेवतीप्रसाद काफ्ले
• आमाको नाम- चन्द्रमाया काफ्ले
• पारिवारिक अवस्था- श्रीमती र २ छोरी सहित संयूक्त परिवार

वैदेशिक भ्रमण:
- किर्गिस्तान, इण्डोनेसिया, श्रीलंका, चिन, नेदरल्याण्ड, भियतनाम, कोलम्विया, माल्दिभ्स, भारत

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.